शनिबार रातिदेखिको अविरल वर्षापछि मेलम्ची र हेलम्बु नदीमा आएको बाढीले अहिलेसम्म १३ वटा घर बगाएको छ भने मेलम्चिमा बाढी नरोकिएको हेलम्बु गाउँपालिकाकि उपाध्यक्ष कोपिला पण्डितले जानकारी दिइन ।
न्यू सञ्चारसग कुरा गर्दै उनले भनिन ” बाढी छिनछिनमै घटबढ भइरहेको छ, बाढिले ट्र्याक चेन्ज गरिरहेको छ, बिहानै अध्यक्ष ज्युले हेलिकप्टरबाट निरिक्षण गरेर फर्किनु भयो, मुहान क्षेत्र देखिनै बाढी छ, तत्काल बाढी कम हुने सम्भाबना नभएको जानकारी गराउनुभएको छ,।
मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको पनि उनले जानकारी दिइन ।बाढिले पटक पटक ट्र्याक परिवर्तन गरिरहेकोले थप क्षति हुन सक्ने उनले बताइन । यसअघि हेलम्बु गाउँपालिकाको नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई सो गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिबार राति नै सतर्क हुन अनुरोध गरेका थिए ।
बाढीले अहिलेसम्म १३ वटा घर बगाएको जानकारी प्राप्त भएको छ । बाढिले ७ वटा पक्की र ६ वटा कच्ची घर बाढीले बगाएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।
बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति १२ः४० मा भवन ढलेर बगाएको जानकारी दिए । बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो । मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ ।
त्यस्तै बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ । नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।








