पछिल्लो २४ घण्टामा २ हजार २० जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप २ हजार २० जनाले कोरोना भाइरसको संक्रमण जितेका हुन् ।
मन्त्रालयका अनुसार आइतबार देशभर २ हजार ५ सय ६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार १२ हजार ६ सय ३६ जनाको परिक्षणमा २ हजार ५ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो ।
देशभर कोरोना भाइरसको संक्रमणबाट १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।










