आज यी नदीहरूमा बहाव बढ्ने



मौसम विभागले सोमवार मुलुकका विभिन्न नदीहरूमा पानीको बहाव बढ्ने जनाएको छ । विभागले एक बुलेटिन जारी गर्दै महकाली र कोशीको सहायक नदीहरूमा बहाव बढ्ने जनाएको हो ।

यस्तै नारायणी, कर्णाली र यीनका सहायक नदीहरूमा पनि बहाव सामान्य घटबढ हुनुका साथै बबई र तिनाउमा बहाव बढ्नेछ भने कन्काई, कमला, बागमती,पूर्वी राप्ती, पश्चिम राप्ती लगायतमा बहाव सामान्य घटबढ हुनेछ ।

विभागले यी नदीहरूमा बहाव घटबढ भएपनि सतर्कता तहभन्दा तलै रहने जनाएको छ ।

प्रकाशित मिति : श्रावण १८, २०७८ सोमबार  ९ : १२ बजे