अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले राजिनामा दिएका छन । पछिल्लो पटक बरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको लफडाको विचमा एन्फाले संस्थागत निर्णय गर्न नसकेको भन्दै उनले सोमबार राजिनामा दिएका हुन ।
शनिबार राती उनले आफ्नो सामाजिक सञ्जालमा फुटबलका विषयमा ब्यंग्यात्मक अभिब्यक्ति राखेका थिए । पछिल्लो पटक एन्फामा एकपछि अर्को गरेर पदाधिकारीले जिम्मेवारीबाट राजिनामा दिने क्रम बढेको छ । यस्तैमा प्रवक्ता राईले पनि राजिनामा दिएका छन ।
यतिमात्र होइन, एन्फा भित्रको राजनितीको कित्ताकाट प्रष्ट रुपमा देखिन थालेको छ । राजिनामा दिने क्रममा बरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको पनि उपस्थिती रहेको थियो ।
एन्फाले अब्दुल्लाह अल्मुताइरी र पंकज नेम्बाङको घटनालाई छानविनका लागि खेलकुद मन्त्रालयसँग पत्राचार गरेको छ ।










