पुससम्म ५ करोड बढी खोप आइपुग्छ : स्वास्थ्य राज्यमन्त्री



स्वास्थ राज्यमन्त्री उमेश श्रेष्ठले आगामी असोजसम्म थप १ करोड ५ लाख खोप आउने बताएका छन् । बिहीवार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरूले सोधेका प्रश्नमा उनले सो जवाफ दिएका हुन् ।

राज्यमन्त्री श्रेष्ठले जापानबाट यही पहिलो चरण शनिबार र आइतबार ८ लाख एस्ट्राजेनेका खोप आउने र दोश्रो चरणमा थप ८ लाख खोप आउने बताएका हुन् ।

यही १५ तारिखभित्र चीनबाट १६ लाख खोप आउने राज्यमन्त्री क्षेष्ठले बताए । चीनबाट नै साईनोफार्मको ६० लाख भेरोसेल खोप आउने र भारतबाट १० लाख खोप आइपुग्ने जानकारी गराए । यस्तै भुटानबाट ३ लाख कोभिडशील्ड खोप आउनेक्रममा रहेको उनले बताए ।

यस्तै आगामी पुससम्म मोर्डनाको ४० लाख खोप, कोभेक्स गाभीको १ करोड १० लाख खोप, विश्व स्वास्थ्य संगठनको अनुदानमा कोभेड गाभी १ करोड १३ लाख खोप आउने मन्त्री श्रेष्ठले बताए । यस्तै अमेरिकाबाट ६० लाख फाईजर खोप ल्याउने तयारी छ । फाईजर खोप १२ वर्षदेखि १८ वर्ष उमेर समूहलाई लगाइने मन्त्री श्रेष्ठले बताए ।

प्रकाशित मिति : श्रावण २१, २०७८ बिहीबार  १ : ५८ बजे