बिहिबार ३ हजार धैरेमा संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा देशभर ३ हजार बढीमा संक्रमण पुष्टि भएको छ । बिहिबार १४ हजार ४ सय ८ जनाको परिक्षणमा ३ हजार ९ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार २ हजार १२ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । आज देशभर ३४ हजार ४ सय २२ जना संक्रिय संक्रमित छन् ।

यस्तै मन्त्रालयका अनुसार सघन उपचार कक्षमा ७ सय १३ जना संक्रमित रहेका छन् भने भेन्टीलेटरमा १५८ जन संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा रहेका ३७ जना संक्रमितले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : श्रावण २१, २०७८ बिहीबार  ४ : ४४ बजे