भुटान सरकारले नेपाललाई उपलब्ध गराएको तीन लाख खोप काठमाडौँ आइपुगेको छ । ड्रुक एयरलाइन्सको जहाजमार्फत डोज एस्ट्रजेनेका खोप शुक्रबार बिहान काठमाडौं आइपुगेको हो ।
७ लाख ८० हजार जनसंख्या रहेको भुटानले आफ्ना सबै नागरिकलाई खोप पुगेपछि नेपाललाई दिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भुटानले उपलब्ध गराएको उक्त खोप जेष्ठ नागरिकलाई लगाइनेछ । नेपाललाई जापानले दिएको खोप भने शनिबार काठमाडौँ आइपुग्ने बताइएको छ ।










