दार्चुला घटनाबारे गृह मन्त्रालयले गठन गरेको छानबिन टोली शुक्रबार हेलिकप्टर चढेर मालघाट पुगेको छ । बिहिबार भारतपट्टि गएर टोलीले घटनास्थलको स्थलगत निरीक्षण गर्दा वारी नेपालतर्फ भने स्थानीय राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा उत्रिएका थिए ।
गत साउन १५ गते एसएसबीले तुइन चुडाइदिंदा व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको स्थानीय प्रत्यक्षदर्शीले बताएपनि भारतीय पक्षले पनि यो घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गर्दै आएको छ ।
घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन न टोली गठन गरेको छ । सो टोली सात दिनपछि घटनास्थल पुगेर तुइन चुडाइएको स्थानको नापजाँच गरेको छ ।
छानबिन न टोलीलाई सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउन १० दिनको समय दिइएको छ ।








