जापानबाट करिब पाँच लाख मात्रा खोप आज काठमाडौं आइपुगेको छ ।
कोभ्याक्स सुविधाअन्तर्गत जापान सरकारले नेपाललाई अनुदानमा दिएको खोपको पहिलो चरण अन्तर्गत एस्ट्राजेनेकाको पाँच लाख मात्रा खोप नेपाल आइपुगेको हो ।
जापानले नेपाललाई दिने भनेको १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप मध्य आज पाँच लाख मात्रा खोप काठमाडौं आइपुगेको हो भने जापानबाटै भोलि थप तीन लाख खोप नेपाल आउनेछ ।
जापानले दिने भनेको बाँकी खोप एक साताभित्र नेपाल आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।











