पारसको ७७ नम्बरको जर्सी अरुलाई नदिइने



नेपाल क्रिकेट संघ (क्यान)ले पूर्व कप्तान पारस खड्काले प्रयोग गर्ने ७७ नम्बरको जर्सी प्रयोग नगर्ने भएको छ । क्यानले पारसको सम्मानमा राष्ट्रिय क्रिकेट टिमको ७७ नम्बरको जर्सी प्रयोग नल्याउने भएको हो ।

७७ पूर्व कप्तान पारस खड्काले प्रयोग गर्दै आएको जर्सी नम्बर हो । उनको सम्मानमा यो जर्सी तत्काल प्रयोग नगर्ने निर्णय गरेको सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

पूर्व कप्तान पारसले हालै मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

प्रकाशित मिति : श्रावण २४, २०७८ आईतबार  ३ : १९ बजे