गोरखामा एक बालिकालाई आफ्नै बुबा र काकाले बारम्बार ब’लात्कार गरी बिरामी बनाएको आरोप लागेको छ। जिल्लाको पालुङ्टार नगरपालिका वडा नं. ८ की ११ वर्षकी बालिकालाई ३७ वर्षका बुबा र काकाले बलात्कार गरेको आरोप लागेको हो।
गत २७ असामा उनि थापाथली अस्पतालमा उपचार गर्दा फुपूसंग पटक-पटक बुबा र काकाबाट ब’लात्कारको शिकार बनेको रहस्य खुलेको प्रहरीले जनाएको छ।
श्रीमती परपुरुषसँग बिहे गरी गएपछि एक्लिएका बुबाले र काकाले समेत गत कात्तिक महिनामा आफूलाई ब’लात्कार गरेको उनले फुपूलाई बताएकी थिइन्।छोरीलाई बलात्कार गरेको आरोपमा पीडितकी फुपूले आफ्ना दाजु र भाइ दुवैजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् ।
प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार प्रहरीले मेखराज र लीलाकान्तलाई गत शुक्रबार पक्राउ गरेको छ। उनीहरुविरुद्ध ज’बर्जस्ती क’रणीको शीर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी दाहालले जानकारी दिए।








