एक पुरुषलाई ब’लात्कार गरेको आरोपमा एक डाक्टर पक्राउ परेका छन्। उपचारका लागि गएका मेडिकलमा गएका एक पूरुषलाई बल’त्कार गरेको आरोपमा धनकुटा–७ मा रहेको सुवास मेडिकलका सञ्चालक डा.राज शर्मालाई सोमबार पक्राउ गरेको हो ।
पिसाबसम्बन्धी समस्या भई उपचारका लागि गएका धनकुटाको पाख्रिबासका ५३ वर्षीय पुरुषलाई ब’लात्कार गरेको आरोपमा शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी दीपककुमार रायले जानकारी दिए।
डा.शर्मा विराटनगर महानगरपालिका–१२ खरैयाका स्थायी बासिन्दा हुन्। राति साढे १० बजे मादक पदार्थ सेवन गरी बिरामी कक्षमा पुगेका शर्माले आफूलाई यौनहिंसा गरेको भन्दै पीडितले प्रहरीलाई उजुरी दिएका छन्।
प्रारम्भिक अनुसन्धानबाट बिरामी पुरुषमाथि यौ’नहिंसा पुष्टि भएको प्रहरीको भनाई छ। तर, शर्माले भने आरोप अस्वीकार गरेका छन्। उनले बिरामीले आफूलाई अभद्र व्यवहार गरेको आरोप लगाएका छन्। घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








