कुलमान घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त, पदभार ग्रहण



नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । बुधबार घिसिङलाई उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरेकी हुन् ।

मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणी (सचिव) सरह र अहिले खाईपाई आएको सेवा सुविधालाई यथावत राखी जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा ४ वर्षका लागि नियुक्त गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । एक वर्षअघि उनको कार्यकाल सकिएसँगै पुनर्नियुक्ति हुनुपर्ने आवाज उठ्दै आएपनि तत्कालीन केपी ओली सरकारले नियुक्ति दिएको थिएन ।

तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको प्रवन्ध निर्देशकको रुपमा घिसिङको प्रवेश भएको थियो। ओली सरकारको बहिगर्मनपछि प्राधिकरणमा फेरि कुलमानकै प्रवेश भएको हो ।

प्रकाशित मिति : श्रावण २७, २०७८ बुधबार  ११ : ०२ बजे