काठमाडौं उपत्यकामा आज रातिदेखि सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ । कोरोना भाइरसको जोखिम बढेपछि उपत्यकामा निषेधाज्ञालाई कडाइ गर्दै राति सवारी साधन सञ्चालन गर्न नपाइने भएको हो ।
उपत्यकामा राति ८ बजेपछि सार्वजनिक तथा निजी तथा सवारी साधन सञ्चालनमा रोक लगाइएको नियम भदौ ८ गतेसम्म लागू हुनेछ । रातको समयमा अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालन गर्न पाइने छैन ।
निर्माण सामग्री ढुवानीका लागि भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन गर्न भनिएको छ ।
पसलहरु पनि साँझ ७ बजे बन्द गरिसक्नुपर्ने छ भने सञ्चालनको समयमा स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेछ ।








