विद्यार्थीलाई कोरोना खोप छिट्टै दिने : स्वास्थ्य राज्यमन्त्री



स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अहिलेसम्म ७५ लाख नेपालीले कोरोना विरुद्धको खोप लगाएको बताएका छन् । बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले अहिले १ लाख ७३ हजार मात्रै खोप बाँकी रहेको जानकारी दिएका हुन् ।

राज्यमन्त्री श्रेष्ठले आगामी ५ महिनामा १ लाख ९३ हजार जनता कोरोनाबाट संक्रमित हुने बताउनु भएको छ । १ लाख ९३ हजार कोरोना संक्रमित हुँदा ३८ हजारलाई अस्पतालमा भर्ना गर्ने र ९ हजारलाई भेन्टिेलेटरमा राख्नुगरी काम भइरहेको बताउनुभयो ।

उहाँले अब विद्यार्थी, उमेर समूह र आर्थिक कृयाकलाप बढी हुने स्थानमा खोप लगाउने बताउनुभयो । १६ वटा जिल्लामा बढी संक्रमित भएको भन्दै त्यो क्षेत्रमा आउने खोप पठाइसकेको जानकारी गराउनुभयो । श्रेष्ठका अनुसार पठन पाठन अघि बढाउन विद्यार्थीलाई खोप लगाउने योजना रहेको छ ।

प्रकाशित मिति : श्रावण २८, २०७८ बिहीबार  २ : ४० बजे