बिहिबार थपिए ३ हजार धेरै कोरोनाका संक्रमित



पछिल्लो २४ घण्टामा देशभर ३ हजार धेरैमा संक्रमण पुष्टि भएको छ । बिहिबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३ हजार २ सय ६० जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार १५ हजार ४ सय ३५ जनाको परिक्षण भएको जनाएको छ । देशभर आन ३८ हजार ८ सय ५३ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पताल र हामे आइसोलेसमा रहेका २ हजार २ सय ९४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार सघन उपचार कक्षमा ७७३ जना संक्रमित उपचार गराइरहेका छन् भने बिहिबार देशभर ३२ जना संक्रमितले ज्यान गुमाएका हुन् ।

 

प्रकाशित मिति : श्रावण २८, २०७८ बिहीबार  ५ : ३१ बजे