पछिल्लो २४ घण्टामा देशमा थप २६ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।१३ हजार ५७३ जनाको नमुना परिक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा १३ सय २० संक्रमित निको भएका छन् । शनिबार कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० रहेको छ ।
तेस्तै देशमा हाल ३९ हजार ४०५ जना सक्रिय संक्रमित रहेका छन् ।पछिल्लो २४ घण्टामा देशभर ९४ हजार ७८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।










