आइतबार २२ सय १२ संक्रमित थपिए, ३३ जनाको मृत्यु



नेपालमा पछिल्लो २४ घण्टामा थप २२ सय १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १२ हजुर १ सय ६ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा १८ सय ६७ संक्रमित निको भएका छन् । आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ रहेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ५२२, कास्कीमा २८७, ललितपुरमा १५४, मोरङमा १४१ र सुनसरीमा ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भक्तपुरमा ६३, झापामा ४९, पार्वतमा ४७, रुपन्देहीमा ४५, सुर्खेतमा ३८, स्याङजामा ३७, सिन्धुपाल्चोकमा ३३ जनामा कोरोना संक्रमण देखिएको छ ।

बागलुङमा २३, म्‍याग्दीमा २०, काभ्रेपलाञ्चवकमा १९, पाल्पा र जुम्लामा १७/१७ जना, दाङमा १६, कालिकोटमा १३, कञ्‍चनपुरमा १२ र बाँकेमा ११ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : श्रावण ३१, २०७८ आईतबार  ४ : ४१ बजे