सशस्त्रका १५ एसपीको पदस्थापन, कसको कहाँ ?



सशस्त्र प्रहरी बलले १५ जना एसपीहरूको पदस्थापन गरेको छ । १७ साउनमा गृह मन्त्रालयको निर्णयअनुसार १५ जना एसपीहरूको पदस्थापन गरिएको हो।

सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार एसपीहरू ज्ञानप्रसाद भुर्तेल कार्य तथा सीमा सुरक्षा विभाग, राजेन्द्र अधिकारीको मानवस्रोत विभाग, गोपी चन्द राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार पदस्थापन गरिएको छ ।

यस्तै अमरबहादुर ऐर विन्ध्यवासिनी वाहिनी मुख्यालय रुपन्देहीमा एसपीहरू लेखनाथ खनालको मानवस्रोत विभाग, जीवनबहादुर केसीको नेपाली सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासी, चेतसिंह थापाको नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटन, अच्युतकुमार मजगैयाको मानवस्रोत विभाग, त्रिभुवन विष्टको पशुपतिनाथ वाहिनी मुख्यालय काठमाडौंमा पदस्थापन गरिएको छ ।

एसपी सुनिल केशरीको विन्ध्यवासिनी वाहिनी मुख्यालय रुपन्देही, राजेन्द्रकुमार श्रेष्ठको छिन्नमस्ता वाहिनी मुख्यालय, मनहरी कुइँकेलको नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरा, सुशील सुवेदी नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवन, विमल डाँगीको महेश्वरी वाहिनी मुख्यालय सुर्खेत र धनबहादुर सिंहको नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता बाँकेमा पदस्थापन गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : श्रावण ३२, २०७८ सोमबार  २ : ०६ बजे