सोमबार झण्डै साँढे तिन हजारमा संक्रमण पुष्टि



पछिल्लो २४ घण्टा झण्डै साढे ३ हजार कोरोना भाइरसका संक्रमित थपिएका छन् । सोमबार  ३,४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जना र ५ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा ८८५ गरी ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ भने २ हजार ४५८ जना निको भएका छन् ।

प्रकाशित मिति : श्रावण ३२, २०७८ सोमबार  ४ : ३२ बजे