काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार धेरै कोरोना भाइरसका संक्रममित थपिएका छन् । बिहिबार देशभर १६ हजार ४ सय ३८ जनाको परिक्षणमा ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार २ हजार १ सय २६ जना संक्रमणमुक्त भएका छन् भने बिहिबार ३३ जनाले ज्यान गुमाएको छ ।










