आज कुन कुन स्थानमा हुनेछ बर्षा



मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यसम्म वर्षा भइरहेको जनाएको छ ।

मौसमविद् सजिना शाक्यले शनिबार बिहान दिएको जानकारीअनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनुका साथै प्रदेश नं १, बागमती , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएको बताइन्।

यस्तै राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

साथै यस क्रममा प्रदेश नं १ र बागमती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको मौसमविद् शाक्यले जानकारी दिइन्।

प्रकाशित मिति : भाद्र ५, २०७८ शनिबार  ९ : २१ बजे