मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश प्रमुख गुरुङ्गद्वारा जनै पूर्णिमाको शुभकामना ब्यक्त



गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्गले रक्षाबन्धन, ऋषितर्पणी एवं जनै पूर्णिमाको अवसरमा सम्पुर्ण प्रदेशबासीलाई शुभकामना ब्यक्त गर्नुभएको छ ।आज एक शुभकामना सन्देश जारी गर्दे उहाँले हरेक वर्ष श्रावण शुक्ल पुर्णिमाका दिन मनाइने यो पर्वले सम्पुर्ण प्रदेशबासी सबै दाजुभाई दिदिबहिनीहरुमा सुख, शान्ती, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगति ल्याओस भन्ने कामना सहित शुभकामना ब्यक्त गर्नु भएको हो ।

विभिन्न समुदायले खुशीयाली स्वरुप उत्साह र उमंगका साथ मनाउने रक्षा बन्धनले मौलिक परम्परा र सांस्कृतिक महत्व बोकेको छ भन्दै प्रदेश प्रमुख गुरुङ्गले यो पर्व तागाधारी समुदायले मात्रै नभई विभिन्न समुदायले मनाउने गरेको हुँदा यसको ठूलो महिमा रहेको बताउनु भएको छ ।

प्रदेश प्रमुख गुरुङ्गले नेपाल बहुजाती, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले यस्ता पर्वले सामाजिक, सांस्कृतिक र जातीय एकता कायम गर्दै आपसी सद्भावलाई प्रगाढ बनाएको हुदा यस्ता चाड पर्वले समुदायवीच सद्भाव कायम राख्दै साँस्कृतिक, आर्थिक र सामाजिक रुपमा एकिकृत र मजबुद बनाएको शुभकामना सन्देशमा भनिएको छ ।

उहाँले कोरोना महामारिले विश्वनै प्रभावित भइरहेका बेला सबैले चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्डको पालना गर्न पनि आग्रह गर्नु भएको छ ।सवै नागरीकको इमान्दार प्रयासले मात्र कोरोनालाइ जित्न सकिने उहाको भनाई रहेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  १० : ३३ बजे