आइतबार सङ्क्रमण पुष्टि हुने भन्दा निको हुने धेरै, १८ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप



आइतबार देशभर थप १९ सय २० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १२ हजार ५ सय १६ जनाको परिक्षणमा १९ सय २० जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ सय ४८ संक्रमित निको भएका छन् भने देशभर ३८ हजार ७ सय ५१ जना संक्रिय संक्रमित रहेका छन् ।

संक्रिय संक्रमित मध्ये ६ सय ८१ जना संघन उपचार केन्द्रमा उपचार गराइरहेका छन् भने १६९ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

३५ हजार ५ सय ५५ जना संक्रमित होम आइसोलोसेनमा रहेका छन् भने ३ हजार १ सय ९६ जना देशका विभिन्न अस्पतालहरुमा उपचारत्त रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २४ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ३ सय २२ जनाले कोरोनाविरुद्धको खोप लागाएका छन् ।

प्रकाशित मिति : भाद्र ६, २०७८ आईतबार  ४ : ३२ बजे