मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना सङ्क्रमणसँग लड्ने अबको निर्बिकल्प बाटो : खोप र स्वास्थ्य मापदण्डको पालना



कोभिड-१९ को सङ्क्रमणले शिक्षा,स्वास्थ्य, अर्थतन्त्र लगयतका क्षेत्रलाई धेरै ठुलो क्षति पुर्याइसकेको छ ।यधपी कोभिड सङ्क्रमणको अन्त्य कहिले हुन्छ यकिनका साथ भन्न नसिकिने अवस्था छ ।पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशैभरी सङ्क्रमणदर पुन : बढेको छ ।सरकारले कोभिड्को तेश्रो लहर आउन सक्ने भन्दै सतर्कता अपनाउन भनेको छ ।कोभिडका कारणले सिर्जित परीस्थितिलाई अहिले सम्म देशले मुष्किलले धानेको छ । फेरी महामारिको रुपमा तेश्रो लहर आएमा देशले कसरी धान्ला ? देशको अर्थतन्त्र कता जाला ?नागरिक जनजिबन कसरी चल्ला ?यि प्रश्नहरु टड्काला बनेका छन ।

कोभिडको सङ्क्रमण रोक्न लकडाउन मार्फत मानबिय गतिबिधिलाई ठप्प बनाइयो,लामो प्रतिक्षापक्षी खोप उपलब्ध भयो तथापी सङ्क्रमण बढेकै छ,अझै कती बढ्ने हो यकिन छैन यो अवस्थामा सङ्क्रमण बढी हाले अब पनि लकडाउनलाई देश र अर्थतन्त्रले नधान्ने निस्चितप्राय छ,अब पनि लकडाउन भए नागरिक जनजिबन थप कष्टकर हुने पनि निश्चितनै छ,अब के गर्ने ? एउटै उपाय बाकी छ अब सुरक्षा र सचेतताका सबै मापदण्ड पालना गर्ने, सरकारी प्रयास सगै नागरिक आफै पनि सुरक्षा मापदण्ड पालनामा जागरुक बन्ने ।

कोभिडको सङ्क्रमण कायमै रहेका बेला पनि अहिले जनजिबन सामान्य नै छ ।अब जनजिबन सामान्य राख्दै स्वास्थ्य सुरक्षाका मापदण्ड थप कडाइका साथ कार्यान्वयन गराउन सरकारले थप प्रयास गर्नुपर्ने देखिन्छ ।बिषेशगरी काठमाण्डौ उपत्यका लगायतका भिडभाड धेरै हुने र बाक्लो मानबिय आबादी भएका शहरहरुमा स्वास्थ्य मापडण्ड लागु गराउन सरकारले  थप  कडाइ गर्नुपर्ने देखिन्छ ।अब सरकार र नागरिक दुबैले दायित्वबोध गरेर जनजिबन सामान्य राख्दै सङ्क्रमणसग लड्नुको अर्को बिकल्प देखिदैन ।

अब सार्वजनिक यातायात, बजार औधोगिक प्रतिष्ठान्, सरकारी कार्यलय सबै ठाउमा जनस्वास्थ्यका मापदण्ड कडाइका साथ लागु गराउन सरकारले अनुगमन बढाउदै जाने र नागरिक स्वयम पनि स्वास्थ्य मापदण्ड अपनाउन जागरुक भएर सङ्क्रमण बिरुद्द लड्नुपर्ने समय आएको छ ।बिर्सनु हुन्न कि कोरोना सङ्क्रमण बिश्वब्यापी महामारी हो ।सरकारको मात्रै प्रयासले  महामारी नियन्त्रण हुँदैन,नागरिक पनि उत्तिकै जिम्मेवार हुनैपर्छ ।दोषारोपणले महामारी नियन्त्रणमा आउदैन, सरकार र नागरिक मिलेर मानबिय सभ्यता माथिनै धावा बोलेको महामारिलाई परास्त गर्ने बाटोमा सबै अग्रसर हुनुपर्छ ।

स्वास्थ्य मापदण्ड पालना गराउने कार्यले मात्रै सरकारको दायित्व पुरा हुँदैन ।सरकारले खोप र परीक्षण दुबैलाई अभियानको रुपमा अघी बढाउनु पर्छ । सबै नागरिकलाई खोपको सुनिश्चितता नभएसम्म सङ्क्रमण बढ्ने र सङ्क्रमणबाट हुने क्षति रोक्न नसकिने देखिन्छ । पछिल्लो समय बिश्वका सबै देशहरुले खोपलाई नै महामारी जित्ने उपायको रुपमा अपनाएको देखिएको छ ।स्वास्थ्य मापदण्ड पालना गराउदै सरकारले सबै नागरिकलाई खोपको सुनिश्चितता गरोस, नागरिक सबै पुर्ण जिम्मेवार बनौ, जनस्वास्थ्यका मापदण्डको इमान्दारिपूर्वक पालना गरौ ।सङ्क्रमणसग लड्ने र महामारी नियन्त्रण गर्ने यही उत्तम बिकल्पको प्रयोग गरौ ।

 

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ७ : १२ बजे