ओखलढुंगा स्थित विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षाका लागि अत्यावशेकीय स्वास्थ्य सामग्री सहयोग गरिएको छ । नेपाली कांग्रेसका नेता तथा समाजसेवी बालकृष्ण दाहालले विभिन्न निकायसंगको सहकार्यमा स्वास्थ्यकर्मीहरुका लागि उपयोगि हुँने स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको हो ।
जिल्ला अस्पताल रुम्जाटार, ओखलढुंगा समुदायिक अस्पताल, गाउपालिकास्तरिय अस्पताल तथा कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षाका लागि १० लाख रुपौंया भन्दा बढी पर्ने अत्यावशेकीय स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको नेता दाहालले बताउनुभयो । अक्सीजन कन्सन्टेटर, थर्मलगन, फेससिल्ड, विभिन्न प्रकारका मास्क, सेनीटाइजर, भाइजर, अक्सीमिटर, पिपीइसेट, ग्लोप्स, हेण्डवास लगायत स्वास्थ्य सुरक्षाका सामग्री सम्बन्धीत निकायमै पुगेर हस्तान्तरण गरिएको वाहाले जानकारी दिनुभयो ।
जिल्लाका आठ वटै स्थानीय तह अन्र्तगत रहेका कोभिड अस्पताल तथा पालिकासतरिय अस्पताल, रानीवन प्रथमिक स्वास्थ्यकेन्द्र, जिल्ला अस्पताल, ओखलढुंगा समूदायिक अस्पतालमा कार्यरत नागरिकको सेवामा निरन्तर खटीरहने स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै उक्त सामग्री वितरण गरिएको नेपाली कांग्रेस कोभिड–१९ अनुगम तथा विपद् व्यवस्थापन समितिका सदस्य संगिता तामाङले बताउनुभयो । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गरी नागरिकको स्वास्थ्य सुरक्षामा निरन्तचर सहयोग गर्ने उदेश्यका साथ अत्यावशेकीय स्वास्थ्य सुरक्षाका सामाग्री सहयोगको अभियान लिएर गाउघरमै आउको वाहाको भनाइ छ ।
दाहालको नेतृत्वमा देश विदेशका विभिन्न सहयोगि दाताहरुसंगको सहकार्यमा उपलब्ध स्वास्थ्य सामग्रीले नागरिकको स्वास्थ्यउपचारमा निकै सहयोग पुग्ने भन्दै सम्बन्धीत अस्पताल प्रशासनले धन्यवाद ज्ञापनको पत्र प्रदान गरेको छ । यो अभियान बाट प्राप्त सामग्रीले जिल्लास्थित स्वास्थ्य संसथाहरुको सेवा प्रवाहममा निकै सहजता आउने स्वास्थ्य संस्थाहरुले बताएका छन् । उपलब्ध स्वास्थ्य सामग्री बुझ्दै जिल्ला अस्पताल ओखलढुंगाकी निमित्त प्रमुख उमागुरुङले अस्पतालका लागि कोभिड–१९ संक्रमण एउटा अवसर पनि भएको बताउनुभयो ।
जिल्ला अस्पतालमा कोरोना भाइरस संक्रमण सुरुभएयता विभिन्न दाताहरुबाट २९ वटा अक्सीजन कन्सन्टेटर सहित लाखौं रुपौया बराबरका स्वास्थ्य सामग्री तथा उपकरणहरु प्राप्त भएको भन्दै वाहाले बालकृष्ण दाहाल सहित सहयोगिमनहरु प्रति आभार व्यक्त गर्नुभयो ।
नागरिकको स्वास्थ्य सुरक्षा नै पहिलो प्रथमिक्ता भएकाले उक्त उपकरण तथा स्वास्थ्य सुरक्षाका सामग्रीहरु सहिढंगले प्रयोग हुने विश्वास व्यक्त गरिएको नेता बालकृष्ण दाहालले बताउनुभयो । हाल सम्म चिशंगुगढी, मानेभञ्ज्याङ, मोलुङ गाउपालिकाका अस्पताल, जिल्ला अस्पताल र ओखलढुंगा सामुदायिक अस्पतालमा सामग्री हस्तान्तरण गरिसकीएको र वाँकी सबै स्थानीय तहका अस्पतालहरुमा पुर्याउने अभियानमा लागेको वाहाको भनाइ छ








