नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान शुरु हुने भएको छ । आगामी मंगलबारदेखि काठमाडौं-कोलम्बो सिधा हवाई उडान शुरु हुने भएको हो।
नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै सो जानकारी गराएका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले हप्ताको दुई मंगलबार र शनिबार काठमाडौं-कोलम्बो उडान हुने जानकारी दिए ।
प्रवक्ता क्षेत्रीले भने, ‘काठमाडौं-कोलम्बो सीधा उडानका लागि चार सेप्टेम्बरसम्म समर सेड्युल एप्रुभ भएको छ ।’
काठमाडौं-कोलम्बोको भाडादर न्यूनतम ५९९ देखि अधिकतम ११५८ डलरसम्म तोकिएको छ । श्रीलंकाको राष्ट्रिय धोजाबाहक श्रीलंकन एयरबाट उडान हुनेछ ।








