मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकी लोकसेवा आयोगले प्रदेश प्रमुख गुरुङलाई बुझायो प्रतिवेदन



गण्डकी प्रदेश लोकसेवा आयोगद्धारा तयार पारीएको बार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई हस्तान्तरण गरिएको छ ।प्रदेशको राजधानी पोखरास्थित प्रदेश प्रमुखको कार्यकक्षमा आइतबार आयोजित एक कार्यक्रमका विच आयोगका अध्यक्ष विष्णु नेपालले आयोगले तयार पारेको बार्षिक प्रतिवेदन हस्तान्तरण गर्नु भएको हो । आर्थिक बर्ष समाप्त भएको ४५ दिन भित्रमा आयोगको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गर्नु पर्ने प्रावधान बमोजीम आयोगले आफनो प्रतिवेदन बुझाएको हो ।

आयोगले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सार्वजनिक सेवा प्रवाहका लागि दक्ष्य जनशक्ति व्यवस्थापन गर्ने दायित्व लोकसेवा आयोगमा रहने बताउनु भयो । उहाँले लोकसेवा आयोग प्रति जनताको ठुलो बिश्वास र भरोसा रहेकोले यसलाई निरन्तरता दिँदै आयोगलाइ अझै निष्पक्ष र पारदर्शी ढंगबाट अघि बढाउन आग्रह गर्नु भयो ।

प्रदेश प्रमुख गुरुङले कर्मचारी प्रशासन स्थायी सरकार भएको बताउँदै गुणस्तरीय सेवा प्रवाहमा कर्मचारी प्रशासनको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।उहाँले सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त राख्दै सेवाग्राही जनतालाई छिटोछरितो सेवा दिनुपर्नेमा जोड दिंदै दक्षजनशक्ति छनोट गर्ने जिम्मेवारी समेत लोकसेवा आयोगमा रहेको उल्लेख गर्नु भयो ।

आयोगले तयार पारेको प्रतिवेदन हस्तान्तरण गर्दै आयोगका अध्यक्ष विष्णु नेपालले संवैधानिक व्यवस्था अनुसार आयोगद्धारा बार्षिक प्रतिवेदन तयार पारि प्रदेश प्रमुख समक्ष प्रस्तुत गरिएको बताउनुभयो । कोरोना महामारीका बीच पनि प्रदेशका सम्पूर्ण जिल्लाबाट लिइएको सुझावका आधारमा प्रतिवेदन तयार पारीएको उहाँले बताउनु भयो ।

प्रदेश लोकसेवा आयोगको आफ्नै भवन नरहेकाले भाडाको भवनमार्फत  कार्य सञ्चालन भएको बताउँदै अध्यक्ष नेपालले दुवै आयोगको कार्य सञ्चालन सरकारी कार्यालय भित्रबाटनै हुन सके आर्थिक व्ययभार कम हुनुको साथै काममा समेत थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा बोल्दै प्रदेश प्रमुखको कार्यालयका सचिव हरिप्रसाद बाँस्तोलाले प्रदेश लोक सेवा आयोगको बार्षिक प्रतिवेदन कार्यान्वयनमा आफुहरुले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ६ : १७ बजे