मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकी प्रदेश प्रमुख गुरुङद्धारा श्रीकृष्ण जन्माष्टमी पर्वको शुभकामना ब्यक्त



गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्गलेश्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीवहिनी तथा दाजुभाईहरुमा शुभकामना ब्यक्त गर्नुभएको छ ।प्रदेश प्रमुख गुरुडले आज एक शुभकामना सन्देश जारी गर्दै ज्ञानयोग ,कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्मोत्सवको दिन मनाइने यो पर्वले सम्पुर्ण नेपालीहरुमा सुख, शान्ती, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगति ल्याओस भन्ने कामना सहित शुभकामना ब्यक्त गर्नु भएको हो ।

उहाँले बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त समाजलाई एकताको सुत्रमा आवद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न श्रीकृष्ण जन्माष्टमी पर्वले सहयोग पु¥याउनेछ भन्ने विश्वास समेत व्यक्त गर्नु भएको छ ।

प्रदेश प्रमुख गुरुडले मुलुकको सभ्यता र सम्पन्नताका सूचक भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाज लाई जोगाउन सवैको सत्सङ्कल्प, सद्भाव, सद्विचार र सत्कर्मका माध्यमबाट चीरकाल पर्यन्त अक्षुण राख्न सकिने शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।

 

 

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ११ : १५ बजे