पाँच महिनापछि हटाइयो काठमाडौं उपत्यकाको निषेधाज्ञा



कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारि निषेधाज्ञा हटाइएको छ । करिब पाँच महिनापछि उपत्यकाको निषेधाज्ञा हटाइएको हो ।

आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा हटाइएपनि भिडभाड नगर्न अनुरोध गरी आदेश जारी गरेको जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीका अनुसार पछिल्लो समय उपत्यकामा संक्रमणदर हेरेर सबैजसो क्षेत्र खुलाउने निर्णय गरेको बताए ।

‘‘पछिल्लो समय काठमाडौं उपत्यकाको संक्रमणदर हेरेर सबैजसो क्षेत्र खुलाउने निर्णय गरेका हौँ । विद्यालय सञ्चालनको हकमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न पाउँनेछन,” उनलेले भने।

प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार  २ : ३७ बजे