मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षा क्षेत्रमा समाजको अतुलनीय योगदान : प्रदेश प्रमुख गुरुङ



गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शैक्षिक क्षेत्रको विकासमा समाजको अतुलनीय योगदान रहेको बताउनु भएको छ ।पृथ्वीनारायण क्याम्पसको ६२ औं बार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले शिक्षाको विकासमा गरेको लगानिबाट दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्दै आएको बताउनुभयो ।

मुलुककै सबै भन्दा बढी विद्यार्थी अध्ययनरत जनस्तरबाट सञ्चलित पृथ्वीनारायण क्याम्पसको उत्पादनले मुलुकको हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै उहाँले मुलुककै नमून क्याम्पसको रुपमा परिचित यसको शैक्षिक एवम् भौतिक विकासमा सबैको साथ र सहयोग आवश्यक रहने विश्वास व्यक्त गर्नुभयो ।

यस क्षेत्रका विपन्न वर्ग एवम् आर्थिक श्रोत कमजोर भएका विद्यार्थीका लागि उच्च शिक्षा आर्जन गर्ने थलोका रुपमा रहेको यस क्याम्पसले निरंकुश व्यवस्था विरुद्ध उभिने दर्जनौ विद्यार्थी नेता उत्पादन गरेको स्मरण गर्दै प्रदेश प्रमुख गुरुङले अबको आवश्यकता भनेको उत्पादनसंग जोडिने प्रविधियुक्त जनशक्ति उत्पादन भएको बताउनुभयो ।

क्याम्पसका संस्थापक जर्जजोनले यस क्षेत्रको शैक्षिक विकासको मेरुदण्डकोरुपमा रहेको यस क्याम्पसको स्थापना एवम् सञ्चालनमा तत्कालीन शिक्षाप्रेमी लगायत समाजको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।क्याम्पस प्रमुख प्रा.डा.सरोज कोइराला र व्यवस्थापन संकायका प्रमुख डा. निरबहादुर कार्कीले शिक्षाको महत्व एवम् क्याम्पसको गतिविधि माथि प्रकाश पार्नु भएको थियो । सो अवसरमा प्रदेश प्रमुख गुरुङ क्याम्पस हातामा स्थापना गरि सञ्चालनमा आएको स्मृति भवनको समेत स्थलगत अवलोकन गर्नुभएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  २ : ३२ बजे