दुर्घटनामा ३ जनाको मृत्यु



शुक्रवार राति कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरमा म१ज ३१९ नम्बरको विङ्गर र से१ह २५१० नम्बरको अटो ठोक्किएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा थप ४ जना घाइते भएका छन् । घाइते हुनेमा घोडाघोडी–९ कै अटो चालक २२ वर्षीय सुरेश चौधरी, २४ वर्षीय दीपेन्द्र चौधरी, २० वर्षीय अशान्त चौधरी र ३० वर्षीय हरि चौधरी रहेका जनाइएको छ ।

विङ्गर सहचालक कञ्चनपुरको बेदकोट नगरपालिका–१० का २५ वर्षीय धनु रावल सामान्य घाइते भएका छन् । विङ्गर चालक भने फरार रहेकाले उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

प्रकाशित मिति : भाद्र १९, २०७८ शनिबार  १० : ४२ बजे