काठमाडौंमा यो वर्षकै ठूलो वर्षा, भोलिसम्म निरन्तर वर्षा हुने



उपत्यकामा आजराति यो वर्षकै सबैभन्दा ठूलो वर्षा भएको छ । पछिल्लो २४ घण्टामा १०५ मिलिमिटर वर्षा भएको मौसमविदहरुको भनाइ छ ।

यो तथ्याङ्क प्रारम्भिक मात्रै भएकोले अझै धेरै वर्षा भएको हुनसक्ने मौसमविदहरुको भनाइ छ । यतिका ठूलो वर्षा यो वर्ष भएको थिएन् । गएराति २ बजेयता मेघ गर्जनसहित अत्याधिक वर्षा भएको थियो ।

काठमाडौं उपत्यकाका सबैजसो ठाउँमा उत्तिकै वर्षा भएको पनि मौसमविदहरुको भनाइ छ । छोटो समयमा यतिका ठूलो पानी पर्ने घटना कमै भएको पनि विज्ञहरुको भनाइ छ।

आज पनि काठमाडौं उपत्यकासहित मुलुकका धेरैजसो स्थानमा पानी परिरहेको र यसल दिनभरी नै निरन्तरता पाउने बताइएको छ । र, यो क्रमा भोलिसम्म रहनसक्ने बताइएको छ ।

बङ्गालको उत्तर पूर्वी भू–भागमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले स्थानीय वायुको समेत विकास हुँदा मेघगर्जनसहित ठूलो पानी परेको मौसमविद् मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : भाद्र २१, २०७८ सोमबार  ९ : ३१ बजे