मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या



संखुवासभाको मादी नगरपालीका उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको आशंका गरिएको छ ।

रातको समयमा भएको घटनामा पाँचका घर भित्र हत्या भएको र एक जनाका घर नजिकै शव फेला परेको छ ।

घटनाको बारेमा थप अनुसन्धान र जानकारी लिन प्रहरीको टोली सदरमुकाम खादबारी बाट घटनास्थल तर्फ गएको छ ।

हत्या हुनेमा ५८ वर्षीय तेज कुमार कार्की , ५१ वर्षीय मन माया कार्की , २६ वर्षीय रञ्जना घिमिरे कार्की ९ वर्षीय दिपेन कार्की र ३ वर्षीय गोमा कार्की नातिनीरहेका छन् । मृतक कार्कीको जेठो छोरा वैदेशिक रोजगारीका लागि मलेशिया, कान्छो छोरा दुबई र कान्छी बुहारी झापामा रहेका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १२ : ३८ बजे