गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । प्रजिअ कालिप्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गरेको हो ।
उनको ठाउँमा मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको छ । पराजुलीसँग बालुवाटार र गृहमन्त्रालय रुष्ट थियो ।
हालै माधवकुमार नेपालले नयाँ पार्टी बनाउने प्रक्रियामा चन्द्रागिरी रिसोर्टमा केन्द्रीय सदस्यहरुको भेला राखेका थिए ।
सीडीओ पराजुलीले महामारीको वेला भिड जम्मा गरेको भन्दै रिसोर्टलाई स्पष्टिकरण सोधेका थिए ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पराजुलीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो ।