थप १,६७७ जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा देशभर एक हजार ६७७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

मंगलबार १५ हजार ३४ वटा नमुनाको परीक्षण गर्दा १ हजार ६७७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगबार २१ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ८७९ पुगेको छ ।

त्यस्तै आज २ हजार ७२ जना संक्रमणमुक्त भएका छन् । आजसम्म देशभर कोभिड १९ का सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ रहेकोले मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : भाद्र २२, २०७८ मंगलबार  ४ : ३७ बजे