मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१६ सय ४० जनामा कोरोना पुष्टि, १० को मृत्यु



बुधबार देशभर १६ सय ४० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा परीक्षणा गराएका १३ हजार ४५५ मा १६ सय ४० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

९ हजार ७६७ नमूनाको पीसीआर र ३ हजार ६८८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये १३ सय ४७ जनाको पीसीआर र २९३ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

बुधबार कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ८८९ पुगेको छ। यस्तै आज थप २१ सय ६१ जना कोरोनामुक्त भएका छन्। यो ९४।८ प्रतिशत हो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २९ हजार ४७९ छ। पछिल्लो २४ घन्टामा १२३२८६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

बुधबार ४८८ जनाको आइसीयू र १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ५ : ०१ बजे