मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजधानीको पुरानो बानेश्वरमा शंकास्पद वस्तु फेला



काठमाडौंको पुरानो बानेश्वरस्थित मैतीदेवीमा शंकास्पद वस्तु भेटिएको छ ।

बिहिबार मैतीदेवी पुलको बाँयापट्टि रहेको मात्रिका हाइट फाउण्डेसनको तेस्रो तल्लाको शौचालयमा शंकास्पद वस्तु फेला परेको महानगरी प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रमुख एआइजी हरिबहादुर पालका अनुसार त्यो शंकास्पद वस्तु टाइमर बम हुन सक्ने अनुमान छ ।

उनले भने, ‘बाहिर तार निकालेर छोडिएको छ, टाइमरजस्तो देखिएको छ । त्यही भएर अहिलेसम्म टाइमर बम नै हो भन्ने प्रहरी आंकलन छ ।’

शंकास्पद वस्तु डिस्पोज गर्न घटनास्थलमा नेपाली सेनाको टोली पुगिसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार फेला परेको त्यो शंकास्पद वस्तु डिस्पोज भइसकेपछि के हो भन्ने कुरा क्लियर हुनेछ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  १२ : ४७ बजे