सरकारले खाद्यन्न सुपथ मूल्य पसल सञ्चालन गर्ने



सरकारले असोज १ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याउने भएको छ ।

बुधबार बसेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिवस्तरीय बैठकले चाडपर्वलाई लक्षित गर्दै आउँदो अजोज १ देखि कात्तिक २४ गतेसमम देशका ३९ स्थानमा सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।

सहुलित पसलमा चामलमा प्रतिकेजी पाँच रुपैयाँ, सिमी र फापरमा प्रतिकेजी १० रुपैयाँ, नुनमा प्रतिकेजी दुई रुपैयाँ, चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट हुनेछ ।

यस्तै, खसीबोका प्रतिकेजी १० रुपैयाँ छुटमा बिक्री हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, दुग्ध विकास संस्थानबाट पनिर र घिउलगायत दुग्धजन्य पदार्थमा सम्बन्धित संस्थानले तोकेबमोजिम छुट हुने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ३ : १९ बजे