कोरोनाका १२ सय ७१ संक्रमित थपिए, १४ जनाको मृत्यु



बिहिबार देशभर १ हजार २ सय ७१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टीजेनतर्फ गरी कुल ११ हजार ९ सय ४४ नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहिबार कोरोनाका कारण १४ जनाले ज्यान गुमाएका छन् भने निको हुने संख्या १८ सय ४५ रहेको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयका अनुसार हाल कोरोना पहिचान भएका सक्रिय संक्रमितको संख्या २८ हजा ६ सय ७८ रहेको छ ।

प्रकाशित मिति : भाद्र २४, २०७८ बिहीबार  ४ : ४० बजे