मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असोज पहिलो सातादेखि दसैँको अग्रिम टिकट बुकिङ खुल्ने



सरकारले दसैँमा घर फर्कने यात्रुहरूलाई लक्षित गर्दै यस वर्ष असोजको पहिलो सातादेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ ।

बुधबार यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी महासंघ र अन्य यातायात व्यवसायीहरूको बसेको बैठकले दसैँलाई मध्यनजर गर्दै छिट्टै टिकट बुकिङ खुला गर्ने तयारी गरेको हो।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले असोजको पहिलो सातादेखि नै बुकिङ खुला गर्ने गरी व्यवसायीहरूसँग छलफल भएको जानकारी दिए।

चाडबाडको वेला लामो दूरीका यातायात व्यवस्थित गर्ने गरी व्यवसायीहरूसँग थप छलफल गरिने उनको भनाइ छ। त्यस्तै, भाडादर, कोभिड स्वास्थ्य मापदण्ड तोक्ने विषयमा विभागले अझै छलफल गरिने जनाएको छ ।

दसैँ–तिहारको वेला झन्डै १० देखि १५ लाख मानिस उपत्यकाबाट बाहिरिन्छन्। तर, हरेक वर्ष दसैँ–तिहारको वेला घर फर्कँदा यात्रुहरूले सहज यात्रा गर्न पाउँदैनन्। सरकारले लामो दूरीका यातायात व्यवस्थित र भाडादर तोकिदिए पनि सवारीसाधनले मनोमानी ढंगले यात्रुसँग महँगो भाडा असुल्ने गरेका छन्।

यसबारेमा विभागले व्यवसायीहरूसँग बैठक बसेर थप छलफल गर्ने जनाएको छ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ४ : ४५ बजे