मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निजामती सेवा दिवसमा गण्डकी प्रदेश प्रमुख गुरुङले दिए शुभकामना



 

पोखरा

२२ भाद्र

गण्डकी प्रदेश प्रमुख पृथ्वी मान गुरुङले निजामती राष्ट्रसेवक कर्मचारीहरूलाई उच्च मनोवल र उत्प्रेरणाका साथ आफ्नो कर्तव्य यात्रामा कटिबद्ध रहन शुभकामना दिनुभएको छ ।
र्
व्यवसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’नाराका साथ मनाउन लागिएको १८ औं निजामती सेवा दिवसका आवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रमुख गुरुङले आफनो पेशागत दक्षतालाई अक्षुण राख्दै देश र जनताप्रति समर्पित निजामती सेवा बृहत् कार्यक्षेत्र, नागरिक दायित्व एवम् जिम्मेवारीसहितको सार्वजनिक सेवा भएकाले सरकार र जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन यसको अहम् भूमिका रहँदै आएको बताउनु भयो । उहाले राज्यका नीति, योजना र कानूनको तर्जुमा र कार्यान्वयन गराउने महत्वपूर्ण भूमिका निजामती सेवाले नै निर्वाह गर्दै आएको उल्लेख समेत गर्नुभएको छ ।

प्रदेश प्रमुख गुरुङले जनताप्रति समर्पित, सदाचारयुक्त र प्रतिस्पर्धी क्षमतासहितको निजामती सेवा अहिले राष्ट्रको आवश्यकता हो भन्दै निष्ठा, लगनशीलता र इमान्दारीपूर्वक पेशागत जिम्मेवारी र कर्तव्य निर्वाह गर्ने निजामती प्रशासनबाट मात्र हामीले जनतालाई समृद्ध र सुखी बनाउने लक्ष्य हासिल गर्न सक्छौं भन्नु भयो ।

राष्ट्रसेवक कर्मचारीमा आँफू साधनस्रोतको परिचालन एवम् शक्तिको प्रयोग गर्ने शासक नभै आम सर्वसाधारणको सेवक हुँ भन्ने भावना जागृत हुनु अपरिहार्य छ भन्दै प्रदेश प्रमुख गुरुङले सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई निरन्तर रुपमा जनताको सेवामा लागिरहने प्रेरणा सहित मुलुकको विकास र सुशासनको लागि पारदर्शी तथा जवाफदेही भई जनताको सेवा गर्ने अवसर मिलोस भनि शुभकामना दिनु भएकोछ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ५ : १३ बजे