मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकी प्रदेश प्रमुख गुरुङ्गद्धारा हरितालिका तिजको शुभकामना



गण्डकी प्रदेश प्रमुख पृथ्वी मान गुरुङ्गद्धारा हरितालिका तिजको अवसरमा नेपाली नारीहरु तथा प्रदेशबासी सबैमा शुभकामना दिनुभएको छ ।सामाजिक एकताको प्रतीकका रुपमा रहेको नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा प्रदेश प्रमुख गुरुङ्गले आज एक शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपाली नारीहरु तथा प्रदेशबासी सबैमा सुख, शान्ति, समृद्धि, आपसी एकता, सद्भाव एवं सु–स्वास्थ्य र दीर्घायूको शुभकामना ब्यक्त गर्नु भएको हो ।

यस पर्वमा नारीहरूले भगवान् शिव–पार्वतीको पूजा आराधना गर्दै आफ्नो सौभाग्य¸परिवारको सुख¸सु–स्वास्थ्य र दीर्घायुको कामना सहित उपवास बस्नाले मनोकामना पूरा हुने विश्वास रहिआएको छ भन्दै प्रदेश प्रमुख गुरुङ्गले हरितालिका तीजलाई नेपाली नारीहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउँदै आएको समेत उल्लेख गर्नु भयो ।

प्रदेश प्रमुख गुरुङ्गले चाडपर्व हाम्रा संस्कृति हुन भने संस्कृति हाम्रो पहिचान हो भन्दै मौलिक संस्कृतिको प्रवद्र्धन गदै संस्कारयुक्त सामाजिक वातावरण तयार गर्न यस्ता चाडपर्वहरुको मौलिकता जोगाउनु अहिलेको आवश्यकता रहेको उल्लेख गर्नु भयो ।

यस पर्वले सवैमा खुसी साटासाट गदै सामाजिक, सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्धलाई दृढ गर्न सक्ने विश्वास गर्दै प्रदेश प्रमुख गुरुङ्गले विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्दै हरितालिका तीज मनाउने आशा सहित देश तथा प्रदेशमा रहनु हुने सम्पूर्ण दिदि बहिनीहरुमा शुभकामना दिनु भयो ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ५ : १९ बजे