मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल प्रहरीले विभिन्न पदमा खोल्यो भर्ना



नेपाल प्रहरीले विभिन्न पदमा भर्ना खुला गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवम् प्रशासन विभागले प्राविधिक समूह अन्तर्गत विभिन्न रिक्त पदहरुमा दरखास्त आह्वान गरिएको जनाएको छ ।

शुक्रबार एक सूचना जारि गर्दै विभागले नेपाल प्रहरी अस्पताल, सञ्चार निर्देशनालय, सूचना प्रतिनिधि निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय, केनाइन महाशाखा, हातहतियार शाखा र केन्द्रीय विधि विज्ञान प्रयोगशाला तर्फका विभिन्न पदमा दरखास्त आह्वान गरिएको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले भदौ २८ गतेदेखि कात्तिक ७ गतेसम्म आवेदन दिन सक्नेछ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १२ : ३९ बजे