प्रधानमन्त्री शेर बहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ ।
शुक्रबार दिउँसो बसेको बैठकमा मुलुकको पछिल्लो अवस्था, एमसीसीविरुद्ध हुँदैआएका प्रदर्शन लगायत विषयमा छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गृहमन्त्री बालकृष्ण खाण, सरकारका मुख्य सचिव शंकरदास वैरागी, प्रधानसेनापति प्रभुराम शर्मा लगायत सहभागी थिए ।
प्रधानसेनापति शर्माले पद वहाली गरेपछि पहिलो पटक धानमन्त्रीसँग भेट गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानसेनापति शर्मालाई पदभार सम्हालेकोमा बधाई र शुभकामना समेत दिएका थिए ।