आगामी तीन दिनको मौसम पूर्वानुमान



मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहि मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको उल्लेख गरेको छ।

महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा सामान्य बदली र तराई भूभागमा आंशिक बदली रहेको छ ।

आइतबार देशको अधिकांश भू-भागमा सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जनर चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सोमबार र मंगलबार पनि देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ९ : १९ बजे