मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमण पुष्टि भएपछि…



झापाको शिवसताक्षी नगरपालिका– ९ का एक कोरोना सङ्क्रमित वृद्ध मृत फेला परेका छन् । आज बिहान ४ः३० बजे ६३ वर्षीय गोविन्द खनालले आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

वृद्धलाई घरको निदाल कपडाको डोरी बनाएर झुण्डिएको अवस्थामा परिवारले देखेपछि प्रहरीलाई खबर गरेका थिए । गत शुक्रबार उनलाई सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमणपछि उनी होम आइसोलेशनमा उपचार गरिरहेको शिवसताक्षी कोभिड फोकल पर्सन रोसन अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १२ : ०३ बजे