मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिर्गौला पीडितलाई आर्थिक सहयोग



तनहुँ समाज हङकङले दुबै मिर्गौला खराब भएका दुई युवकलाई रु चार लाख ५६ हजार सहयोग गरेको छ ।

समाजले ऋषिङ गाउँपालिका–८ पल्ट्याङका ३६ वर्षीय खिमबहादुर नेपाली र सोही ठाउँका ४१ वर्षीय लुमबहादुर रिलामीलाई आर्थिक सहयोग गरेको हो । समाजले नेपालीलाई रु दुई लाख ७४ हजार र रिलामीलाई रु एक लाख ८२ हजार हस्तान्तरण गरेको छ ।

नेपाली दश महिनादेखि तथा रिलामी पाँच वर्षदेखि मिर्गौलाबाट पीडित हुनुहुन्छ । नेपालीको पोखरा र रिलामीको दमौली अस्पतालमा उपचार भइरहेको तनहुँ समाज हङकङका पूर्वअध्यक्ष भीमराज गुरुङले जानकारी दिनुभयो । दुबै पीडितलाई भेटेर उक्त रकम हस्तान्तरण गरिएको हो ।

यस्तै नेपालीलाई साउदी अरबमा कार्यरत नेपालीले रु एक लाख सङ्कलन गरी हस्तान्तरण गरिएको छ । मिर्गौला प्रत्यारोपण गर्न कम्तीमा रु पन्ध्र लाख खर्च हुने नेपालीकी श्रीमती चन्द्रा नेपालीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १२ : ३५ बजे