पुण्य गौतमले प्रहरी हिरासतमै शुरु गरे अनशन



आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका पुण्य गौतम अनशनमा बसेका छन् । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा रहेका गौतम प्रहरी हिरासतमै अनशन बसिरहेका छन् ।

अमेरिकी परियोजना एमसिसिको बिरोध गरेको आरोपमा प्रहरीले भदौ २७ गते गौतमलाई पक्राउ गरिएको थियो ।

‘अभियन्ता’भन्दै युट्युवमा अन्तवार्ता दिँदै हिँड्ने गौतमलाई प्रहरीले अ बानेश्वरबाट पक्रेको थियो ।

प्रहरीले उनलाई सार्वजनिक हित विरुद्ध कसुर गरेको मुद्दामा हिरासतमा राखेको हो । गौतमले हिरासतमा अनसन बसेको तथ्य भने प्रहरीले लुकाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले अनशन बसेको थाहा नभएको दावी गरेका छन्।

प्रकाशित मिति : भाद्र २९, २०७८ मंगलबार  २ : ३५ बजे