मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काँग्रेसमा देशभरबाट महाधिवेशनमा कति जना प्रतिनिधि चयन हुन्छन्



देशभरका सबै वडामा नेपाली काँग्रेसको अधिवेशन प्रक्रिया पूरा हुँदा एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने भएका छन् ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिले कुल छ हजार ७४३ वडामा अधिवेशन पूरा हुँदा त्यहाँबाट एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले वडाको निर्वाचनबाट पार्टीको वडाध्यक्ष र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने र त्यसबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुने जानकारी दिनुभयो । काँग्रेसको विधानअनुसार १५० भन्दा बढी क्रियाशील सदस्य भएको वडाबाट १५ क्षेत्रीय प्रतिनिधि र एक वडा सभापति गरी १६ जना चयन हुने छन् ।

वडा सभापतिले पनि क्षेत्रीय प्रतिनिधिसरह महाधिवेशन प्रतिनिधिको चयन प्रक्रियामा भाग लिन पाउने प्रावधान छ । वडा अधिवेशनले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने छ।

समितिका सदस्य अधिवक्ता केसीले सबै वडाको अधिवेशन पूरा हुँदा कति क्षेत्रीय प्रतिनिधि चयन हुन्छन् भन्ने विवरण भने अहिले तयार हुन नसकेको जानकारी दिनुभयो । त्यसका लागि सबै वडाको अधिवेशन प्रक्रिया सम्पन्न हुनुपर्ने छ ।

काँग्रेसले अहिलेसम्म ५७ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ भने २० जिल्लाको सदस्यता सूची सार्वजनिक गरिएको छैन । पार्टीको विधानअनुसार केन्द्रीय सभापति, पदाधिकारी र केन्द्रीय सदस्यलाई मतदान गर्ने महाधिवेशन प्रतिनिधिहरू क्षेत्रीय प्रतिनिधिमध्येबाटै चयन हुने छन् ।

यसका साथै जिल्ला र क्षेत्रीय कार्यसमितिको निर्वाचनमा समेत क्षेत्रीय प्रतिनिधि मतदाता हुन् ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ८ : ४८ बजे